कञ्चनपुर– निर्मला पन्तका आफन्त र उल्टाखामका स्थानीय बासिन्दाले सुरुदेखि अनुसन्धानमा रहेर त्रुटि गर्ने प्रहरी टोलीलाई निलम्बन गरेर थप अनुसन्धान गर्न माग गरेका छन् ।


ADVERTISEMENT


‘प्रहरीले अनुसन्धानमा त्रुटि गरेको र प्रमाण नष्ट गरेर घटना ढाकछोप गर्न र दोषी बचाउन भूमिका खेलेको प्रमाणित भइसकेपछि पनि अनुसन्धानमा खटिएका सबै प्रहरीलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्छ’, स्थानीय महिला अधिकारकर्मी विमला बिष्ट भन्छिन्, ‘उनीहरू बाहिर रहेमा प्रमाण नष्ट गर्न सक्छन् ।’


ADVERTISEMENT

# # #


उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मला हत्याको घटना अनुसन्धानमा सुरुमा प्रहरीबाट त्रुटि भएको पाइएको बताएका छन् । यसैगरी भदौ ७ र भदौ ८ गते गोली चलाउनुपर्ने अवस्था नभएको उनको भनाइ छ । – आजको नागरिक दैनिकबाट