श्याम कुमार ठाकुर
सिरहा । सरकार र राष्ट्रिय जनता पार्टी बीचको दुरी बढेको छ । दोश्रो चरणको निर्वाचन अघि नै संविधान संसोधन गर्नुपर्ने राजपाको अडानमा सरकार सहमत नभएपछि माहोल बिग्रिएको हो ।
राजधानीमा भएको सरकार र मोर्चाका शिर्ष नेताहरु बीच भएको बार्ता समेत बिथोलिएको छ ।
योसंगै तराई मधेशमा फेरी आगो बल्न थालेको छ ।


ADVERTISEMENT



केही दिन देखि संविधान संसोधनका लागि दवाव दिन राजपाले बिरोधका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । सिरहामा एक घण्टा महेन्द्र राजमार्ग अबरुद्ध गर्दै राजपाले कोण सभा समेत गर्यो ।


ADVERTISEMENT

# # #



राजपा महामन्त्री डा. सुरेन्द्र झाले सभामा बोल्दै नेकपा एमालेले नमानेकै भरमा संविधान संसोधन नगर्ने हो भने मधेशमा भोट माग्न आउने सामर्थ्य राख्न समेत दलहरुलाई चुनौति दिए ।


निर्वाचनको मिती नजिकिँदै जाँदा समेत दलीय सहमती नजुट्दा अन्यौलता हट्न सकेको छैन ।


दलहरु बीचको ध्रुबिकरणले दोश्रो चरणको स्थानीय निर्वाचन समेत प्रभावित बन्ने खतरा टर्न सकेको छैन ।