मोरङ– रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् ।


ADVERTISEMENT


भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर छ ।


ADVERTISEMENT

# # #


सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ ।

यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने र आफू तथा भाइबहिनीका लागि पढाइखर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र आसपासका ठाउँको चक्कर लगाउँछिन् ।

‘कति सानी नानीले चलाएको भन्दै सफारीमा चढ्ने यात्रुले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ,’ उनले भनिन् ।

चार महिनादेखि सिटी सफारीसँग उनको सम्बन्ध गाँसिन पुगेको हो । ‘दैनिक पाँच सय रूपैयाँसम्म कमाइ हुन्छ,’ उनले भनिन्, ‘आधा पैसा खर्च हुन्छ, आधा जति जम्मा गर्ने गरेको छु ।’ – आजको अन्नपुर्ण पोष्टबाट