काठमाडौं– सनाखत नभएका बेवारिसे शव ४४ वर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शव जलाउन सुरु गरेको हो ।


ADVERTISEMENT


विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये नौ वटा जलाइसकेको जनाइएको छ । सामान्यतः विश्वमै बेवारिसे शव जलाइँदैन । यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ । वर्षौंपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ । यो अवस्थामा गाडेको ठाउँबाट निकालेर शव अस्थिपञ्जर दिने गरिन्छ ।


ADVERTISEMENT

# # #


तर, महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले गाड्ने जग्गाकै अभाव भएपछि शव जलाउन सुरु गरेको छ । ४४ वर्षदेखि विभागअगाडिको खाली १० आना जग्गामा खातमाथि खात लगाएर बेवारिसे शव गाडिँदै आइएको थियो । – नयाँ पत्रिकाबाट