काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिका भ्रमणको क्रममा छन् । तर उनीविरुद्ध त्यहाँ रहेका केही नेपालीले विरोध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


डा. भट्टराई विरुद्ध कालो झण्डासहित प्रदर्शन गर्दै उनीहरुले नाराबाजी गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले चलाएको युद्धमा हजारौं नागरिकको मृत्यु भएको प्रसंग उप्काउँदै प्रदर्शनकारी युवाहरुले डा. भट्टराईलार्इ कालो झन्डा देखाएका हुन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीले ‘बेटर डेड द्यान रेड’ लेखिएका प्लेकार्ड बोक्दै ‘गो ब्याक’ भनेर नारा लगाए । डिसी मेट्रो एरियाबाट एक कार्यक्रमका लागि टेक्सास जाने क्रममा डा‍ भट्टरार्इ र उनकी पत्नी हिसिलाको विरोधमा प्रदर्शन गरेका हुन् ।

भाद्र २८ गतेदेखि अमेरिकाको राजनीतिकरसामाजिक अध्ययन गर्न भन्दै डा भट्टराई पत्नीसहित त्यहाँको भ्रमणमा छन् । उनी असोज २२ सम्म अमेरिकमै रहने जनाइएको छ ।