काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको समाचारप्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


अमेरिकामा एक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपालीहरुले उनीविरुद्ध प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


उक्त समचार प्रकाशित भएकोप्रति टिप्पणी गर्दै डा. भटराइले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाएका हुन् ।

उनले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन्–‘यो कस्तो पत्रकारिता हो कुन्नी ! पाँच सय जनाको सहभागितामा भित्र भएको उच्चस्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोध चाहिं भँगेरे अक्षरमा ! जो अगुवा उही बाटो…..!अनि देश कसरी समृद्ध बनोस् ?’

हिजो डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी गरेका थिए ।