काठमाडौँ– भारतमा जारी चौकाणात्मक एकदिवसीय यु–१९ सिरिज अन्तर्गत नेपाल यू-१९ले अफगानिस्तान यू-१९ लाई १९० रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


भारतको लखनउस्थित एकना अन्तराष्ट्रिय मैदान ‘बी’मा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल यू-१९ले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनाउन सक्यो । नेपालका पवन सर्राफले उत्कृष्ट ब्याटिङ गरे । अर्धशतक प्रहार गर्ने क्रममा उनले ९६ बल खेली १० चौका र एक छक्काको मदतमा नटआउट ७८ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै सन्दीप जोराले २८ रन बनाउँदा राशिद खानले नवौँ नम्बरमा आएर नेपाली इनिङलाई माथि उकास्ने प्रहास गरे । २ चौकाको मदतमा व्यक्तिगत २४ रन बनाएका राशिदले पवन सर्राफसंग मिलेर ६५ रनको साझेदारी गरे । यस्तै लोकेश बमले १६ रन बनाउँदा भीम सार्की १३ रनमा आउट भए । यस्तै कमलसिंह ऐरीले ९ तथा त्रितराज दास ४ रनमा आउट भए ।

नेपालका लागि कप्तान आशिफ सेखले आज पनि कप्तानी इनिङ सम्हाल्न सकेनन् । उनी १२ बल खेली ३ रनमै पेवेलियन फर्किए । यस्तै अरुण ऐरी र सागर ढकालले खाता नै खोल्न सकेनन् भने किशोर महतो १ रन बनाएर फर्किए ।

यता अफगानिस्तानका लागि नाविद मोहम्मद कवीरले ३ तथा अविद मोहम्मदी र आरिफ खान दौलत्जाइले समान २/२ विकेट लिए । यस्तै उस्मान घानी र समिउल्लाह जवादले समान १/१ विकेट हात पारे ।

अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ ।