श्याम ठाकुर, सिरहा–  सिरहाको गोलबजार नगरपालिका ३ स्थित मुसहर्नियामा एक जनालाई गएराति घरमै सुतिरहेका अवस्थामा अज्ञात समूहले हत्या गरेको छ ।


ADVERTISEMENT


परिवारसँगै सुतिरहेको बेलामा ३८ वर्षीय हेमबहादुर तामाङ्गको घरमै हत्या गरिएको गोलबजार प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिए। उनका अनुसार हत्या गरिएका तामाङ्गको घाँटीमा खुकुरीले प्रहार गरेको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको उनले बताए ।


ADVERTISEMENT

# # #