काठमाडौं– सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ ।


ADVERTISEMENT


साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि ६ बर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको हो ।


ADVERTISEMENT

# # #


पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् । पुनरावालेकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी अब साउदी जाने नेपालीले १३०० रियाल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ । अहिले साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर ९ हजार रियाल अर्थात ३० हजार रुपैयाँ पाउँदै आएका छन् ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले लागु गरिएको पारिश्रमिक र भत्ताअनुसार नै दुतावासबाट मागपत्र प्रमाणीकरण गरेर ल्याउनुपर्ने बताए । – आजको कारोवार दैनिकबाट