पर्सा– पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो । पसलबाट कोठातर्फ जाने क्रममा हात्तीले गरेको आक्रमणमा परेर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । मृतक वाइबाको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


पर्सा वन्यजन्तु आरक्षबाट आहाराको खोजीमा ठोरी गाउँपालिकामा राति आउने हात्तीको आक्रमणमा परी वर्षेनी पाँचजना बढीले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।