काठमाडौँ– नेपाल विद्यार्थी सङ्घले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज पन्तको हत्यारालाई कारवाही गरी पन्तका बाबुआमालाई न्याय दिन माग गर्दै प्रदर्शनीमार्गबाट पुतलीसडकसम्म र्याली निकालेको हो ।


ADVERTISEMENT


सङ्घका अध्यक्ष नैनसिंह महरले पन्तको हत्या भएको दुई महीना पुग्दासमेत सरकारले घटनाको दोषीलाई पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए । हत्यारालाई कारवाही गरेर पीडितका परिवारलाई न्याय नदिएसम्म निरन्तर आन्दोलन गर्ने सङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #