काठमाडौं– विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ ।


ADVERTISEMENT


सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ ।


ADVERTISEMENT

# # #


मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए ।

पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । उनका अनुसार अब २—३ दिनभित्र हुने छलफललले सटही सुरु हुने दिन र तौरतारिका टुंगो लगाउने छ । – आजको नागरिक दैनिकबाट