भुवन बहादुर/सिंहबझाङ– बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा संचालनमा आएको समता बोडङ स्कुलमा अध्यानरत एक बालकको रहस्यमय मृत्यु भएको छ । नर्सरीमा अध्यानरत जयपृथ्वी नगरपालीका वडा नम्बर ७ का ५ बर्षिया नबिन कुवरको रहस्यमय मृत्यु भएको हो ।


ADVERTISEMENT


सोमबार विद्यालयका छुट्टी भएर घर जाने क्रममा कक्षा कोठा भित्रै बेहोस अवस्थामा फेला परेको बोडीङ् स्कुलका प्रिन्सीपल योगीता जोशीले बताईन् । उनका अनुसार बेहोस अवस्थामा कक्षा कोठामा पल्टीएका बालकलाई उपचारका गर्नका लागी जिल्ला अस्पतालमा लैजादै गर्दा विच बाटोमा नै ज्यान गै सकेको थियो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार बालकको टाउकोको पछाडी पट्टी चोट लागेको पाईएको थियो । बालक संग उनकै दिदि नविना कुवर रहेको प्रिन्सीपलले बताएका छन् ।


ADVERTISEMENT

# # #


विद्यालयको छुट्टी ३ बजेर ५ मिनेटमा हुन्थ्यो । हामीहरु र भएका शिक्षीका साथीहरु सबै बालबालीकाहरुलाई अभिभावकको जिम्मा लगाउदै थियौ । घटना कसरी घट्यो भन्ने पत्तो नै लागेन । हामीहरु पनी अचम्मामा परेका छौ । आफुहरुले थाहा पाउने वित्तीकै अस्पतालमा नै ल्याउने क्रममा बालकको विच बोटोमा नै निधन भै सकेको रहेछ । यता जिल्ला प्रहरी कार्यलय बझाङका अनुसार घटनाका बारे अनुसन्धान भै रहेको बताईएको छ ।