काठमाडौं– आज राती भएको पेट्रोलियम पर्दाथको मूल्यबृद्धिको विरोधमा नेबि संघका अध्यक्ष नैनसिहँ महरले दशैको मुखमा केपी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर फेरी जनताको ढाड सेक्ने काम गरेको बताएका छन् ।


ADVERTISEMENT


कर बृद्धिको प्रसङ्ग उठाउदै उनले १५ दिनको अन्तरालमा फेरि पेट्रोलियम पदार्थको बढाएकोमा नेवि संघको घोर आपत्ति रहेको बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष महरले अपराध, दण्डहिनता, भ्रष्टाचार तीव्र रुपमा मौलाउदै गएको बताउदैं जनताको जीउ धनको सुरक्षा गर्न नसकिरहेको सरकारले जताततैबाट जनतालाई पीडा दिने काम मात्र गरिरहेको बताएका हुन् ।

‘शुःखी नेपाली समृद्ध नेपाल’को नारा जनताले भाषणमा मात्र अनुभूति गर्न पाएका छन् । व्यवहारमा करआतंक, हत्या, हिसां, बलात्कारले दैनिक जीवन कष्टकर बन्दै गएको छ । जसका कारण जनताले अभिभावकत्व महशुस गर्न नपाएको बताएका छन् ।

उनले जनताको जीउ धनको सुरक्षाको ग्यारेन्टि गर्नुका साथै बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न नेविसंघको माग रहेको बताएका छन् ।