काठमाडौँ– प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अनुराग’ टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचार प्रसारलाई तीव्र पारिएको प्रस्तुतकर्ता ऋषि धमलाले बताएका छन् ।


ADVERTISEMENT


चलचित्रका टिम आइतबार जोरपाटी स्थित समता कलेज पुगेका थिए भने सोमबार कौसलटार स्थित जन पेर्मी कलेज पुगेको नायिका एलिजा गौतमले बताइन् । नायिका एलिजा गौतम नायक समुन्द्र पण्डितलगायतको फिल्मको टिम कलेजमा पुगेका थिए ।


ADVERTISEMENT

# # #


चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवाल को लगानी का साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को वर्ष २०७५ को असोज १२ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एरिका फिल्म्सको ब्यानरमा तयार पारिएकोप्रेमकथामा आधारित ‘अनुराग’ फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।