काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । समितिको आज मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाइ बिहीबार अपरान्ह १ बजे गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाइ बिहीबार गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मण लाल कर्णले जानकारी दिए । संवैधानिक परिषद्को गत भदौ २० गते बसेको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


ADVERTISEMENT

# # #


२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।