काठमाडौँ– लामो समयदेखि सामाजिक सेवामा अनवरत छिमेक समाज सेवा संस्थाले आफ्नो २५ औँ वर्ष रजत दिवस मनाएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरेर संस्थाले स्मारिका सार्वजनिक गर्दै रजत दिवस मनाएको हो ।


ADVERTISEMENT


कार्यक्रमका प्रमुख अतिथीका रुपमा पूर्व अर्थमन्त्री डा देवेन्द्रराज पाण्डेले सामाजिक क्षेत्रका लागि छिमेक समाजले अतुलनीय योगदान पुर्याएको भन्दै प्रशंसा गरेका थिए । संस्थाकी अध्यक्ष रेणु कार्कीले संस्थाबाट गरिएकबो कामहरुको अनुभवले भावी दिनमा अझ प्रभावकारी रुपमा सामाजिक क्षेधमा प्रभावकारी भूमिका खेल्न हौसला मिलेको बताइन् ।


ADVERTISEMENT

# # #


कार्यक्रमका संस्थापक अध्यक्ष भुवनेश्वरी पन्तले वर्तमान समाजमा छिमेक समाज जस्ता संस्थाहरुको भूमिकाले समाज सुधारको क्षेत्रमा योगदान पुगेको बताइन् । संस्थाका पूर्व संयोजक रामचन्द्र जोशीले सामाजिक क्षेत्रमा छिमेक साच्चिकै लोकप्रिय र प्रभावकारी रुपमा आइरहेको बताए ।

छिमेकको सक्रियतासंगै छिमेक लघुवित्त विकबास बैंक, छिमेक बजार व्यवस्था कम्पनी, छिमेक कर्मचारी सहकारी, छिमेक एकेडेमी लगायत संस्थाहरु सञ्चालनमा छन् ।

छिमेकले विशेषतः सरसफाई, खानेपानी, शिक्षा, अनाथ बालबालिका लगायत सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आइरहेको छ । कार्यक्रममा सचिव निलम कुमार डंगोल, कोषाध्यक्ष शोभा मिश्र, सदस्यहरु चोलराज शर्मा, दिपक तिवारी लगायतको उपस्थिति थियो ।