काठमाडौं– नेपालको उर्जा क्षेत्रमा प्रर्वद्धनको लागि नेपालको मुख्य दातृ निकाय विश्व बैंकले पहिलो पटक उर्जा क्षेत्रका लागि १० अर्ब नेपाली रुपैयाँ बराबरको ऋण दिने भएको छ । रकम उर्जा क्षेत्र सुधारमा खर्च हुने बैंकले जानकारी दिएको छ।


ADVERTISEMENT


डेभलेपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत १०० मिलियन अमेरिकी डलर ऋण स्वीकृत भएको र यसले नेपालका नियामकको संस्थागत सुधारमा बल पुर्‍याउने विश्व बैंकको विश्वास छ।


ADVERTISEMENT

# # #


‘यो लगानीले नेपालको उर्जा क्षेत्रको संस्थागत सुधार, परिमार्जनबाट उर्जाको गुणस्तरीय सेवा प्रवाहमा बल पुग्ने छ’ बैंकका नेपाल डाइरेक्टर फेरिस हदाद जेरोभसले भने,‘हाम्रो लक्ष्य भनेकै क्षेत्रीय उर्जा बजारमा एकिकृत गरेर प्रतिस्पर्धी होलसेल बजार बनाउनु हो।’

नेपालको मुख्य दातृ निकाय विश्व बैंक समूहका संस्थाहरुले लगानीमा सक्रिय रहेका छन्। हाल बैंकले २२ आयोजनामा २ अर्ब ५० करोड अमेरिकी डलर लगानी प्रतिबद्धता रहेको छ। बैंकले २०१८ देखि ०२० सम्म १ अर्ब ३९ करोड डलर लगानी गर्ने जनाएको छ।

नेपालमा पहिलोपटक सन् १९६३ मा आएको बैंकले हालसम्म ४ अर्ब ७५ करोड अमेरिकी डलर सहयोग गरेको छ । जसमा ३ अर्ब ४८ अर्ब ऋण र १ अर्ब २७ करोड अनुदान रहेको छ ।

विश्व बैंक समूह अन्तर्गतको मल्ट्रीलाट्रल इन्भेस्टमेन्ट एजेन्सी(मिगा)ले नेपालमा विदेशी निजी लगानीलाई सघाउने अवसर खोजिरहेको बैंकले जानकारी दिएको छ ।