काठमाडौं– काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउँदै आएको इन्द्रजात्रा नजिकिँदै गर्दा यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आउँदो असोज ८ गते मनाइने इन्द्रजात्राका लागि बसन्तपूर दरवार क्षेत्रको सजावटका साथै सुरक्षा व्यवस्थामा पनि विशेष ध्यान दिईएको छ ।


ADVERTISEMENT


भाद्र कृष्ण द्वादशीका दिन काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु हुने गर्दछ । येँन्याः पून्हीका रुपमा पनि परिचित यो पर्व आठ दिनसम्म्म मनाउने गरिन्छ । धार्मिक, सांस्कृतिक पर्व र जात्राहरुमध्ये इन्द्रजात्राको विशेष महत्व रहि आएको छ । जात्राको मुख्य आकर्षणको रुपमा जीवित देवी कुमारी , भैरव र गणेशको रथारोहण गरिन्छ ।


ADVERTISEMENT

# # #


जात्राका अवसरमा पुलुकिसी, लाखे आजु, आकाश भैरव, श्वेत भैरव र देवी नाचहरु प्रदर्शन गरिन्छ । जात्रामा राष्ट्र प्रमुखलगायत हजारौंको सहभागिता रहन्छ । यसवर्ष पनि शान्तिपूर्ण वातावरणमा सहज र संयमतापूर्वक इन्द्रजात्रा सम्पन्न गर्न पूर्वतयारीहरु भईसकेका छन् । राष्ट्रिय पर्वको रुपमा मनाउने इन्द्रजात्राका लागि ६ महिना अगाडिदेखि नै विभिन्न तयारी सुरु हुने गर्दछ । यस वर्ष इन्द्रजात्रा सभ्य, भव्य र अनुशासित रुपमा सम्पन्न गर्न काठमाडौं महानगरपालिका र इन्द्रजात्रा व्यवस्थापन समितिले सहकार्य गरेका छन् ।

जात्राका लागि स्वयम सेवक, ट्राफिक व्यवस्थापन लगायत प्रहरी परिचालनको पनि उचित व्यवस्थापन गरिएको छ ।