काठमाडौं – सुनसरीको भुटाहामा हतियारधारी समूहले एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गोली हानी हत्या गरेको छ ।


ADVERTISEMENT


सुनसनरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार स्थानीय नेशनल बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भुटाहा गाउँपालिका ३ का मौलाना खुर्खिम आलमको हत्या भएको हो । गोली प्रहार गर्ने भारतीय नागरिक हुनसक्ने आशंका गरिएको छ ।


ADVERTISEMENT

# # #


उप्रेतीले भने,‘ ‘भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको हो । उनीहरुको खोजी कार्य जारी छ ।” प्रमुख जिल्ला अधिकारीका अनुसार उनीहरुलाई सीमाक्षेत्रमा रोक्न खोज्दा प्रहरीमाथि समेत गोली चलाउँदा एकजना प्रहरी जवान शिव पौडेल पनि घाइते भएका छन् ।

उप्रेतीका अनुसार हतियारधारी समूह भाग्न नपाओस् भनेर सीमाक्षेत्र शिल गरिएको र सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।