काठमाडौँ– मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइलबीमा गराउने लक्ष्यका उक्त सम्झौता भएको हो ।


ADVERTISEMENT


सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले मोबाइल बीमा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइलप्रोटेक्सनप्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइलप्रयोगकर्ताले सहज रुपमाआफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौं ।’ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले भने ।

‘कुनै कारणले मोबाइल फुटेमा, आगो वापानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।’ मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले भने ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवा ग्राहीमाझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भैसकेको कम्पनीले जनाएको छ ।

यस्तै सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए । मोबाइल फुट्ने, हराउने वाचोरी हुने, जस्ता समस्या समाधानका लागि मेरो सुरक्षाको प्रोटेक्सन प्लानले दिने बीमा योजना उत्तम विकल्प हुने हमालको भनाई थियो ।

राजधानीका ४ सय बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागि हुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैं पछि राजधानी बाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना सुरु हुनेछ ।

मोबाइल प्रोटेक्सन प्लानलिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्ता नगर्न सकिन्छ ।

मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुलाई एक लाख रुपैंयाको निशुल््क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ ।