बेइजिङ– अमेरिकाले चिनियाँ सेनामाथि लागाएको प्रतिबन्ध तल्काल नहटाए गम्भिर परिणाम भोग्नु पर्ने चीनले चेतवानी दिएको छ । रुससँग सैन्य विमान र मिसाइल खरिद गरेपछि अमेरिकाले चीनमाथि सैनिक प्रतिबन्ध लगाएको छ ।


ADVERTISEMENT


चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा ‘चिन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको’ जनाएका छन् । चीनले हालैमात्र रुससँग १० वटा सुखोइ सु–३५ लडाकू विमानहरु र एस–४०० मिसाइल खरिद गरेको बताइएको थियो ।


ADVERTISEMENT

# # #


अमेरिकी चुनावमा हस्तक्षेप, युक्रेनमाथिको अस्वीकार्य व्यवहारलगायत अन्य अनुचित गतिविधिको प्रतिक्रियामा अमेरिकाले यसअघि रुसविरुद्ध लागु गरेको कारवाही उल्लंघन भएको बताउँदै अमेरिकी प्रशासनले चिनियाँ सेनाविरुद्ध प्रतिबन्ध लगाएको थियो ।

२०१४ मा रुसले युक्रेनमाथि कब्जा गरेदेखि नै अमेरिका र रुसबीचको सम्बन्ध लगातार खस्कँदै गएको बताइन्छ । तर त्यसबेला अमेरिकाले लागु गरेको प्रतिबन्धमा चीनले भने कुनै समर्थन जनाएको थिएन । यसैले पनि चीनले रुससँगको व्यापारिक सम्बन्ध कायम राखेको बताइएको छ । त्यसैगरी हाल सिरियामा जारी रुसी सैनिकको संलग्नतालाई लिएर पनि अमेरिकाले बारम्बार असन्तुष्टि जनाउँदै आइरहेका थिए ।