कावासोती– नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् ।


ADVERTISEMENT


शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफैँ अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी घाइते भएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक मेखबहादुर मर्सी घाइते भएका छन् । घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ । बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय ननवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।