काठमाडौं– राष्ट्रकवि माधव प्रसाद घिमिरे आजदेखि एक सयौं वर्ष पुगेका छन् ।


ADVERTISEMENT


बिक्रम सम्वत १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे आज सयौं जन्मजयन्ती मनाउँदै छन् । उनी आज विहान आफ्नै निवास परिषरमा आयोजित विशेष पूजामा सरिक भएका थिए । शताब्दी वर्ष लागेका राष्ट्रकवि घिमिरेले शुभचिन्तकको माया र सद्भावका कारण आफूले अझै जवान महशुस गरेको प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०० औं जन्मदिनको उपलक्ष्यमा उहाको निवास लैनचौरमा शुभकामना दिदै । तस्बिर ः प्रदीपराज वन्त,रासस

बढ्दो उमेरका कारण केहि स्वास्थ्य समस्या देखिए पनि राष्ट्रकवि सक्रिय जीवन व्यतीत गरिरहेका छन् । अहिले पनि उनी पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई अन्तिम रुप दिने तयारीमा रहेका छन् ।

 

राष्ट्रकै साहित्यिक गहना भएकाले उनको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उनको जन्म शताब्दी वर्ष मनाउने तयारी भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आजै राष्ट्रकविको निवासमा पुगेर उनलाई जन्मदिनको शुभकामना व्यक्त गरेकी छन् । रासस