काठमाडौं– नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि निगमले आइतबारबाट कोटा प्रणाली हटाएको हो ।


ADVERTISEMENT


कोटा प्रणाली हटेसँगै आजबाट उपभोक्ताले मागेजति तेल पाउने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भट्टराईले भने, ‘इन्धन आपूर्ति सहज हुँदै गएकाले आजबाट कोटा प्रणाली हटाइएको छ । मागे जति तेल दिन हामीले पेट्रोल पम्पहरुलाई भनेका छौं ।’

इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले दुई दिनअघि असोज ५ बाट लागू हुनेगरी मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।