मेलम्ची–  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


गाउँकार्यपालिकाको निर्णयलाई कसैले बेवास्ता गरी नियम उल्लङ्घन गरेको पाइएमा कानूनबमोजिम कारवाही गरिने इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । यही असोज १ गते बसेको जिल्ला समन्वय समिति एवं नदीजन्य पदार्थको अनुगमन समितिले असोज ५ गतेदेखि नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आइई) भइसकेका र ठेक्का प्रक्रिया पूरा भएका नगर र गाउँपालिकाका हकमा ठेकेदारमार्फत नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रारम्भिक वातावरणीय परीक्षण नभएका र ठेक्का प्रक्रिया पूरा नभएकाको हकमा गाउँपालिकाले आफ्नो कर्मचारी राखी नदीजन्य पदार्थ निकाल्न दिने पनि निर्णय गरेको छ । नदीजन्य पदार्थको अनुगमन समितिले असार, साउन र भदौसम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो । अनुगमन समितिका संयोजक तथा जिससका प्रमुख कृष्णगोपाल तामाङले भने पुनःनिर्माण गरिरहेका नागरिकका लागि सहजता होस् भनेर सबै पालिकाका प्रमुखलगायत जिल्ला समिति बसेर नदीजन्य पदार्थ उत्खनन गर्न दिने निर्णय भएको बताए ।