काठमाडौँ–  धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ ।


ADVERTISEMENT

# # #


कूल १६७ कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर रु ६९ करोड ३६ लाख ६१ हजार २५६ मूल्यमा कारोवार भएको छ । पाँच उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ८.८४, व्यापार ९.७१, होटल ७.४४, विकास बैंक १.४३, जलविद्युत् ६.३९ र वित्त क्षेत्र २.४३ बिन्दुले बढेको छ ।

यस्तै निर्जीवन बीमा ६२.६३, उत्पादन २.३३, अन्य ८.९९, माइक्रोफाइनान्स ८.९२ र जीवन बीमा २३.४७ विन्दुले घटेको छ । स्टकका अनुसार आज साल्ट टे«डिङ कर्पोरेशन र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।