काठमाडौँ– नेपालको लागि विशाल ग्रुप अन्तर्गत भी जी अटो मोबाइलस प्रा. ली.बाट विक्री वितरण हुदै आएका सुजुकी बाइक तथा स्कूटर किन्दा ग्राहकले जापान जान पाउने भएका छन् ।


ADVERTISEMENT


दशैँ तथा तिहारको अवसरमा जपानिज कम्पनीबाट उत्पादित सुजुकी बाइक तथा स्कूटर नेपालका जुनसुकै शोरुमबाट किन्दा लक्की ड्रमार्फत छनोट हुने १० जनाले जापान जान पाउने भएका हुन् । साथै सुजुकी बाइक तथा स्कूटर किन्दा प्रत्येक ग्राहकले बाइकमा रु. ८ हजार र स्कुटरमा रु.१० हजार छुट पाउने जनाइएको छ ।


ADVERTISEMENT

# # #


यो योजना भाद्र २० गतेबाट २०७५ कार्तिक ३० गते सम्म लागू हुने कम्पनीले जनाएको छ । ५ बर्ष वारन्टी पाइने यी बाइक तथा स्कूटर किन्दा ग्राहकलाई धेरै फाइदा पुग्ने भी जी अटोमोबाइल्स प्रा.ली. सुजुकीका मार्केटिंग म्यानेजर नवराज कोइरालाले बताए ।

जपानीज कम्पनिको बाइक भएकोले धेरै बलियो हुने उनको जिकिर थियो ।