काठमाडौँ– दशैँको लागि भोलि (मंगलबार)देखि अग्रिम बुकिङ खोलिने भएको छ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको कार्यसम्पादन समितिको बैठकले मंगलबारदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


यसअघि यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । तर  पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका थिए ।


ADVERTISEMENT

# # #


सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठकले बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।