काठमाडौं–अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य) सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो ।

नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवस सुवधा लिनेहरुलाई समेत ग्रिनकार्ड लिनबाट वञ्चित गराउन सक्ने भन्ने छ ।

अमेरिकी सरकाका लागि यस्ता मानिस भार भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टिन नेल्सनले यो नयाँ नियममा हस्ताक्षर गरेकी छन्। – आजको गोरखापत्र दैनिकबाट