काठमाडौं– सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ । पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो ।


ADVERTISEMENT


काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पुर्याएको छ ।


ADVERTISEMENT

# # #


यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी रहेको छ । काठमाडौं र पोखराबाहेकका क्षोत्रमा भेहिकल फिटनेस र यातायात व्यवस्था विभागका प्राविधिकले सवारी चल्न योग्य भएको प्रतिवेदन पेस गरेका आधारमा सञ्चालन गर्न खोजिएका हो ।

लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ । ‘अहिलेका नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन्,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘उमेर बढेसँगै गाडी मानिसजस्तो बुढा हुँदैन ।’ – आजको अन्नपुर्ण पोष्टबाट