कैलाली– गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाको एलएन चोक, विशालनगर, प्रदेश शभाहल, हसनपुर, धनगढी गाउँ, वसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् । वर्षातको समयमा समेत डुबानमा नपरेका यी क्षेत्रहरु एकदिन परेको पानीका कारण जलमग्न भए ।


ADVERTISEMENT


भारी वर्षाका कारण धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएका छन् भने सडकमा पानी जमेका कारण विहानै स्कुल तथा कलेज जाने विद्यार्थीहरु बाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानीका कारण केहि घर डुवानमा परेको छ ।


ADVERTISEMENT

# # #


हेर्नुहोस तस्वीरमा: