नवलपरासी– नवलपरासीमा एक युवकले आफुसँग बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । जिल्लाको पुर्वी कावासोती नगरपालिका १६ हरबासी स्थित ३६ विमल श्रीपालीले स्थानिय ३० वर्षीया बसन्ती परियारलाई गएराति एसिड र छुरा प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


स्थानियका अनुसार विमलले केही दिन अघिबाट बसन्तीलाई बिवाहको प्रताव गर्दै आएको थिए । तर उनले विमलको प्रतावलाई अस्वीकार गरेका थिए । त्यसैको बदलामा सोमबार राति एसिड छ्यापेर विमलले पटक पटक छुरा प्रहार गरे बसन्तीलाई गम्भीर घाइते बनाएका हुन् । घाईते विमलाको चितवन स्थित भरतपुरमा उपचार भइरहेकोे छ । छुरा प्रहार गर्ने विमलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #