काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बिकासका लागि लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका छन् ।


ADVERTISEMENT


एशिया सोसाइटीले गरेको अन्तक्रियालाई न्युयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको जलबिद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा उच्च सम्भावना रहेकाले लगानीका लागि आग्रह गरेका छन् । नेपाललाई सम्बृद्ध बनाउने आफूहरुको अभियान रहेको र देखिएका सबै समस्याहरु समाधान गरी अघि बढिरहेको प्रधानमन्त्रीले बताए ।


ADVERTISEMENT

# # #


अष्ट्रेलियाका प्रधानमन्त्री अध्यक्ष रहेको एशिया सोसाइटीको अन्तक्रियामा प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीपछि नेपाली जनताले पाएको दुःखको स्मरणसमेत गरेका छन् । उनले भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट आएको सहयोगका लागि धन्यबाद पनि दिएका छन् ।

उनले नेपालमा स्थिर सरकार रहेको भन्दै पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत, कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोगमा जोड दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । प्रधानमन्त्री ओली मंगलबार संयुक्त राष्ट्रसंघको ७३औं महासभामा समेत सहभागी भएका थिए । उनले भोलि महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।