एजेन्सी– बलिउड सेलिब्रिटीहरुको मोबाइल नम्बर आफ्ना नजिकका मानिसबाहेक कसैलार्इ थाहा हुँदैन् । फ्यानहरू सामू उनीहरूको नम्बर पुग्न निकै कठिन हुन्छ ।


ADVERTISEMENT


तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर ट्विटरबाट सार्वजनिक गर्दै लेखे ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुहोस् ।’


ADVERTISEMENT

# # #


यसरी नम्बर सार्वजनिक भएपछि काजोलका फ्यानहरु खुसी हुँदै नम्बर एड गर्ने र म्यासेज पठाउनेहरूको कमी भएन् । यसबीचमा थुप्रै मिमहरु पनि बने साथै फ्यानहरूले आफूले गरेको म्यासेजको स्क्रिनसट सम्म सामाजिक सञ्जालमा राख्न भ्याए । हुन् पनि यो नम्बरको ह्वाट्एपमा साँच्चै काजोलकै नाम र प्रोफाइल पिक्चर पनि उनकै थियो ।

तर, उक्त नम्बर भने काजोलको नरहेको केही समयपछि अजय आफैंले यसको रहस्य खोले । उनले लेखेका छन्,’हामी सुटिङका क्रममा फिल्मको सेटमा सहकर्मीहरुसित धेरै प्राङ्क गर्ने गर्छौं । यसपटक मैले तपाईंहरुमा ट्राई गरेँ ।’

श्रीमानको प्राङ्कले काजोल भने रिसाएकी छन् ।उनले घर फर्केपछि आफूले ठिक पार्ने बताएकी छन् ।