काठमाडौँ– वेल्समा जारी आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत हिजो राती भएको लिगको अन्तिम खेलमा श्रीलंकालाई ३ विकेटले हराउँदै गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


श्रीलंकामाथिको जितसँगै समूह ‘बी’ मा रहेको पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितपछि पाकिस्तानले ३ खेलबाट ४ अंक जोड्यो । यस समूहबाट भारत ३ खेलबाट ४ अंक जोडेर समूह विजेता बन्यो । अब पाकिस्तानले पहिलो सेमिफाइनलमा बुधबार आयोजक इंग्ल्यान्डको सामना गर्ने छ । यस्तै दोस्रो सेमिफाइनलमा बिहीबार साबिकको बिजेता भारतले बंगलादेशसँग खेल्ने छ ।


ADVERTISEMENT

# # #


कार्डिफमा श्रीलंकाले दिएको २३७ रनको लक्ष्य पाकिस्तानले ४४ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा कप्तान सर्फराज अहमद नायक बने । अहमदले ७९ बलमा अविजित ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै पाकिस्तानका फखर जमानले अर्धशतकीय ५० रनको योगदान दिदा अजहर अलिले ३४ , मोहम्मद आमिरले अविजित २८ रन बनाए । श्रीलंकाका नुवान प्रदीपले तीन तथा लसिथ मालिङ्गा, सुरङ्गा लकमाल र थिसारा परेराले एक एक विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघिसोफिया गार्डेनसमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९ ओभर २ बलमा अलआउट हुदैँ २३६ रन बनाएको थियो । श्रीलंकाका निरोसान डिकवेलाले ७३ रनको अर्धशतकीय पारी खेल्दा एञ्जेलो म्याथुजले ३९ रन जोडे । त्यस्तै कुशल मेन्डिस र एसेला गुणारत्नेले समान २७ – २७ रन बनाउदा सुरङ्गा लकमालले २६ रन बनाए । पाकिस्तानका जुनेद खान र हसन अलीले समान ३ – ३ तथा फहिम अर्सफ र मोहम्मद आमिरले दुई दुई विकेट लिए ।