चितवन– नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अरूको हितका लागि सहयोगी हुनु सबैभन्दा ठूलो धर्म भएको बताएका छन्।


ADVERTISEMENT


भिन्न परिचय भएकाका लागि उज्यालो नेपाल चितवनले आज रत्ननगरमा आयोजना गरेको ह्विल चियर वितरण कार्यक्रममा उनले समुदायमा भिन्न परिचय भएका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताए । महामन्त्री कोइरालाले विदेश गएका युवाले गर्ने सेवाले नेपालको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


ADVERTISEMENT

# # #


नेपाली जनसम्पर्क समीति अस्टे«लिया राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता रहेको कार्यक्रममा १० भिन्न परिचय भएकालाई ह्विल चियर वितरण गरिएको हो ।