भीमदत्तनगर– स्थानीय तहको निर्वाचनका बेला आगामी असार १२ गतेदेखि १४ गतेसम्म नेपाल–भारत सीमा बन्द गर्ने सहमति भएको छ ।


ADVERTISEMENT


सोमबार भीमदत्तनगरमा नेपाल–भारत सीमा समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर ४८ घन्टाका लागि सीमा नाका बन्द गर्ने सहमति गरेकोे हो ।


ADVERTISEMENT

# # #


संयुक्त बैठकमा असार १२ गते बिहान ६ बजेदेखि १४ गते साँझ ५ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द गर्ने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । निर्वाचनबा बेला सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले सुरक्षा सतर्कता बढाउने सहमति भएको छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रजिअ खनालले निर्वाचनका बेला दुवै देशका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती गर्ने बताए । “सीमामा आवात जावत गर्ने व्यक्ति र सवारीसाधनमाथि विशेष निगरानी राखिने छ,” उनले भने । सीमा क्षेत्रमा हुने तस्करी, मानव बेचबिखनलगायत गतिविधि न्यूनीकरणका लागि दुवै देशका अधिकारी सहमत भएका छन् ।

संयुक्त बैठकमा प्रजिअ खनाल, बरिष्ठ प्रहरी उपरीक्षक सुशील भण्डारी, प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द, सशस्त्र प्रहरी उपरीक्षक ईन्द्रराज कार्की, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, सहायक वन अधिकृत बीरबहादुर ठगुन्ना तथा भारतकातर्फबाट चम्पावत जिल्लाका प्रमुख जिल्ला अधिकारी डा ईदवाल अहमद, पिलिभितका प्रमुख जिल्ला अधिकारी शीतल बर्मा, उधमसिंहनगरका प्रमुख जिल्ला अधिकारी आलोककुमार पाण्डे, भारतीय सिमा सुरक्षा बल(एसएसबी)का कमान्डेण्ट दिलबाग सिंह, भारतीय प्रहरी उपरीक्षकद्वय राजगुरु र रोहित मिश्रालगायतको सहभागिता रहेको थियो ।