काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे । चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट ।


ADVERTISEMENT


वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले । मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिए ।


ADVERTISEMENT

# # #


आठ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि पत्नी डोल्मामाया आफैँ चार वर्षअघि त्यहाँ गएकी थिइन् । सर्लाही हिरापुर–९ का आइसिंह अवैध कामदारका रूपमा बसेका थिए ।

डोल्मा वैध रूपमा बसेकी थिइन् । केहीअघि नेपाल फर्किएकी उनी पुनः एक महिनाअघि मलेसिया पुगेकी थिइन् । गोले दम्पतीका १७ र १५ वर्षका छोरी र १० वर्षका छोरा छन् छन् । शव सर्लाही लगेर अन्त्येष्टि गरेपछि डोल्मा फेरि मलेसिया जाने योजानामा छिन् ।

‘कम्पनीले २५ दिनको विदा दिएको छ’, उनले भनिन्, ‘श्रीमानको काम सकेपछि फर्किन्छु । बच्चाहरूको जिम्मेवारी मेरो काँधमा छ ।

नाम्काकोट–५ नवलपरासीका ३० वर्षीय दुर्गासि‌ंह रानाको शव पनि बिहीबार आइतसिंहको शव आएको थाइ एअरवेजको त्यही उडानबाट आइपुगेको थियो । – आजको कान्तिपुर दैनिकबाट