काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज कोष्टारिकाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् ।


ADVERTISEMENT


मध्य अमेरिकी मुलुक कोष्टारिकामा चार दिन रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति कार्लोस अलभरादो क्युसेकासँग भेटवार्ता गर्नेछन् भने त्यहीँको एक विश्वबिद्यालयमा आयोजित शान्ति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सन् १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक नेपाली उच्च अधिकारीले कोष्टारिका भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री ओली असोज १८ गते स्वदेश फर्कनेछन् ।


ADVERTISEMENT

# # #


यसअघि हिजो राष्ट्रसंघको ७३औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति स्थापना र राजनीतिक निकास विश्वकै लागि अनुकरणीय उदाहरण रहेको बताएका थिए ।

२७ मिनेटको सम्बोधनमा उहाँले धेरैभन्दा धेरैको सहमतिमा बनाइएको संविधान कार्यान्वयको चरणमा रहेकाले नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको युगको प्रवेश गरेको पनि बताएका थिए । रासस