काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धिको निर्णय पुनरविचार हुने दाबी गरेका छन् । उनले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत सहुलियत दिने सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने आश्वास समेत दिएका छन् ।


ADVERTISEMENT


अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको ज्ञापन पत्र बुझ्दै मन्त्री महासेठले आफू नभएको बेला १० प्रतिशत भाडा बढाइएको भन्दै त्यसलाई पुनरविचार गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


ज्ञापन पत्र बुझाउन गएका अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने, ‘मन्त्रीज्यूले अहिले वृद्धि भएको १० प्रतिशत भाडा पुनर्विचार गर्ने र ४५ प्रतिशत विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन गर्ने बताउनु भएको छ । हामीलाई विश्वास छ उहाँले छिटो निर्णय लिनुहुने छ ।’

यसअघि यातायात व्यवसायीहरुले देशभर यातायातका साधन ठप्प पार्दै दशैंको अग्रिम टिकट बुकिङ समेत नखुलाएपछि सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति गरेको थियो । भाडा बढाउने सहमतिलगत्तै टिकट बुकिङ पनि खुलेको थियो तर, बुकिङमा विद्यार्थीहरुले सहुलियत नपाएको गुनासो गर्दै आएका छन् ।