काठमाडौं– आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।


ADVERTISEMENT


बदलिँदो जीवनशैली र सन्तुलित आहारमा अमी हुँदा बिकासशील मात्र होइन बिकसित मुलुककै लागि पनि मुटु रोग चुनौति बनिरहेको छ । मुटु रोग नसर्ने रोग हो । मानिसका क्रियाकलाप, जीवनशैली, खानपान मुटुरोगको प्रमुख कारणको रूपमा देखापरेको छ । नेपालमा मुटुरोगको उपचार महँगो छ तर पहिलेको तुलनामा केही सस्तो हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


नेपाल बाहिरका अन्य देशमा भने मुटुरोगको उपचार अत्यन्त महँगो रहेको छ । नेपालमा हृदयघात सम्बन्धी रोगहरूको दर पाँच प्रतिशत रहेको छ भने उच्च रक्तचाप २० देखि २५ प्रतिशतसम्म रहेको छ ।