काठमाडौं– दशैंका लागि राजधानी छाड्ने क्रम शुरु भएको छ । प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ ।


ADVERTISEMENT


नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ । महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार र्साजनिक यातायातमा टिकट बुकिङ भएपछि उपत्यका छोड्नेको संख्या बढेको देखिन्छ ।


ADVERTISEMENT

# # #


महाशाखाले यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा सर्वसाधरणले उपत्यका छोड्ने अनुमान गरेको छ । महाशाखाका सहप्रवक्ता दाहालका अनुसार दसैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट ४० हजारभन्दा बढी सर्वसाधरणले टिकट बकिङ गरेका छन् । – आजको कारोवार दैनिकबाट