कञ्चनपुर– भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ ।


ADVERTISEMENT


नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा नौ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको हो । नेपाल खानेपानी संस्थानले बनाउन लागेको यो आयोजनाबाट नगरपालिका–२ का एक हजार दुई सय र ५ का एक हजार हजार तीन सय बासिन्दा खानेपानी सुविधा पाउनेछन् ।


ADVERTISEMENT

# # #


खानेपानी संस्थानका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले चालू आवभित्र बासिन्दाको घरमा पानी पुगाउने लक्ष्य राखिएको बताएका छन् । उल्टाखाम र वनगाउँका बासिन्दाका लागि खानेपानी आयोजना बन्न लागेको हो संस्थानका कार्यालय प्रमुख श्रेष्ठले भने, “यो वर्षभित्र पानी उपलब्ध गराउँछौँ ।”

चालू आवमा साढे १५ किलोमिटर पाइप लाइन विस्तार हुने र दुवै स्थानमा ट्युवेल जडान गरिने कार्यालय प्रमुख श्रेष्ठको भनाइ रहेको छ । आयोजनाअन्तर्गत ४५० घनमिटरका दुई ट्याङ्की निर्माण गरिनेछन् । नगरपालिका–२ का अध्यक्ष डम्मर सिंह कार्कीले खानेपानी सञ्चालन भएपछि नल्काको पानी खानुपर्ने बाध्यता हट्ने बताए ।

यसैगरी नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाका लागि नगरपालिका–८ तिलौचारमा रु २८ करोड ५० लाखको लगानीमा अर्को खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । चुरे क्षेत्रमा गर्मीका बेला नल्का र कुवाँमा पानी सुक्ने समस्या हुँदा स्थानीय बसिन्दाले निकै सास्ती खेप्दै आएका छन् । आयोजना निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रुपमा पानी पिउन पाउने छन् । नगरवासीलाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताएका छन् । रासस