पर्वत– चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि मुख्य बजार र सडकमा प्रहरी सुरक्षा बढाउनुका साथै सुरक्षा चेक जाँचलाई पनि तिब्रता पारिने भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय पर्वतले चाडपर्व सुरक्षायोजना सम्बन्धि पत्रकार अन्तक्रियामा विशेष सुरक्षा कार्ययोजना अन्तर्गत पर्वतमा प्रहरी सक्रियता बढाउँदै गएको जानकारी दिइएको हो ।


ADVERTISEMENT

# # #


पर्वत प्रहरीले जिल्लाको सिमाका रुपमा रहेको मालढुंगामा पहिलोपटक दैनिक सुरक्षा चेकजाँच पोष्ट खडा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले बताए ।’ पर्वतमा विशेष सुरक्षा योजना थालेपछि प्रहरी र नागरिक बीचको सम्बन्धमा सुधार आएको छ’ प्रनाउ तिवारीले भने ‘दशै तिहार नजिकिँदै आएका बेला हामी थप सक्रिय भएर अघि बढ्दै छौँ ।’ – आजको नेपाल समामचारपत्रबाट