बाँके– नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ (पशु थुनुवा घर) निर्माणको कार्य अघि बढाएको छ ।


ADVERTISEMENT


नेपालगञ्ज उपमहानगरपालिका–२१ मा स्थित चार बिघा १२ कट्ठा ६ धुर जग्गामा सो भवन निर्माण गर्न उपमहानगरपालिकाले कार्य शुरु गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


सो भवन निर्माणका लागि छुट्याइएको जग्गा तारबार गर्दा केही स्थानीयवासीले अवरोध गर्न खोजेपछि विवाद समाधान गर्न स्थलगत अवलोकन गरिएको जानकारी दिँदै निर्माण प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन उपमहानगरपालिका अग्रसर भएको उनले बताएका छन् ।

छाडा चौपायालाई व्यवस्थित गर्न यस्तो स्थल आवश्यक भएकाले निर्माण कार्य अघि बढाउन लागिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले बताए ।

नेपालगञ्जका छाडा चौपायालाई विगतमा बाँके राष्ट्रिय निकुञ्जमा छोड्ने गरिएकामा निकुञ्जले अवरोध पुर्याएपछि उपमहानगरपालिकाले सो भवन निर्माणको पहल थालेको हो । अहिले नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा सानो आकारको काञ्जी हाउस रहे पनि प्रभावकारी व्यवस्थापन नहुँदा बन्द गरिएको छ । नगरमा पशु चौपायाको सङ्ख्या दिनहुँ बढेपछि नगर दुर्गन्धित तथा सडक दुर्घटना बढेको छ ।

बेपत्ता परिवारको छानबिनका लागि अनुसन्धान शुरु
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका नागरिकको छानबिनका लागि न्यायिक प्रक्रिया अघि बढने भएको छ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनका लागि बेपत्ता आयोगले अनुसन्धान शुरु गरेको हो ।

अनुसन्धानका क्रममा आयोगको टोली पश्चिम भ्रमणमा आएको छ । टोलीले शनिबार नेपालगञ्जमा विभिन्न सरोकारवालासँग छलफल गरेको छ । छलफलमा सहभागी द्वन्द्व पीडितले आफूहरुलाई सरकारले उपेक्षा गरेको गुनासो गर्दै मुलुक परिवर्तनका लागि द्वन्द्व पीडितको बलिदानलाई राज्यले अहिलेसम्म सम्बोधन गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका थिए ।

छलफलमा आयोगका प्रवक्ता डा विष्णु पाठकले बेपत्ता पारिएका व्यक्तिका बारेमा आवश्यक अनुसन्धान प्रक्रिया शुरु भएकाले अब पीडितले छिट्टै न्याय पाउने विश्वास दिलाएका छन् । रासस