चितवन– नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठले कान फुटाइदिएका थिए । नवलपुर प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको छ ।


ADVERTISEMENT

# # #


नवलपुर प्रहरीको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक टीकाराम पोखरेलले पक्राउ परेका श्रेष्ठको ८ दिनको म्याद थप गरिएको जानकारी दिए । कुटपिट एवं अंगभंग गर्ने महलमा उनीविरुद्ध मुद्दा चलाइएको छ ।

पीडित खुमानका बुवा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा असोज ५ गते किटानी जाहेरी दिएका थिए । भरतपुर अस्पतालका नाक, कान घाँटी रोग विज्ञषेश डा. रमेश भण्डारीका अनुसार प्रधानाध्यापकको कुटाइबाट खुमानको कानको जालीमा क्षति भएको छ । उनको सुन्ने क्षमतामा समेत कमी आएको डा. भण्डारीको भनाइ छ ।

घरबाट झण्डै डेढ घण्टा हिँडेर विद्यालय पुग्ने गरेका खुमानसहितका १० विद्यार्थीले प्रअ श्रेष्ठले १५ मिनेट ढिला आएको भन्दै लाइन लगाएर चुटेका थिए ।