काठमाडौँ– अफगानी स्पिन स्टार २० वर्षीय राशिद खान एक दिवसीय क्रिकेटमा नम्बर एक अलराउन्डर खेलाडी बनेका छन् । यस अघि नम्बर एकमा रहेका बंगलादेशका साकिब अल हसनलाई पछि पार्दै राशिद पहिलो नम्बरमा उक्लिएका हुन् ।


ADVERTISEMENT


भर्खरै युएईमा सम्पन्न एसीसी एशिया कपमा श्रीलङ्का र बंगलादेशलाई समूह चरणमा पराजित गर्नमा महत्वपूर्ण भूमिका खेलेका उनले उक्त प्रतियोगितामा ६७ अंक प्राप्त गरे । यस प्रतियोगितामा उनले कल ८३ रन र सर्विाधिक १० विकेट लिएका थिए ।


ADVERTISEMENT

# # #


यससंगै उनी कुल ३५३ प्राप्त गर्दै पहिलो पटक पहिलो स्थानमा पुगेको हुन् । उनले दोस्रो स्थानमा रहेका साकिब अल हसनलाई १२ अंकले पछि पारेका छन् । साकिबको ३४१ अंक रहेको छ ।

यसअघि छाटो समयमै उनले नम्बर एक टी-२० बलर भएर तहल्का मच्चाएका थिए ।

यस्तै ओडीलाई र्याङ्किङ्गको अलराउन्डरमा तेस्रो स्थानमा अफगानिस्तानकै मोहम्मद नाबी रहेका छन् । उनले ३३७ अंक प्राप्त गरेका छन् भने चौथो स्थानमा न्यूजिल्याण्डका मिचेल स्नाटर रहेका छन् । उनले ३१७ अंक पाएका छन् ।