नेपालगन्ज– नेपालगन्जको सदरलाइनमा न्यू दीप ज्वेलर्सका पाँच जनाको हत्याका मुख्य योजनाकार घटनाको १४ वर्षपछि पक्राउ परेका छन् । बाँके प्रहरीले शनिबार जमुनाहाबाट हत्याकाण्डका मुख्य योजनाकार किशोरीलाल सोनीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


भारतको उत्तर प्रदेश सीतापुर जिल्ला विसवाँ बजार घर भइ हाल लखनउको सीतापुरस्थित प्रियदर्शनी कालोनीरोडमा बस्दै आएका अभियुक्त सोनी दीपक हेमकारका सहोदर ससुरा हुन् । जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेको सूचनाका आधारमा शनिबार बिहान ८ बजे सोनीलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


२३ चैत २०६२ मा नेपालगन्ज –११ (साबिक वडा नं. १५) को न्यू दीप ज्वेलर्सका सञ्चालक ३२ वर्षका दीपक हेमकार, उनकी ८२ वर्षीया हजुरआमा गुलावदेवी हेमकार, बावु ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया आमा सीतादेवी हेमकार र ज्वेलर्समा काम गर्ने साबिक खास कुश्मा–१ कुसुमका १५ वर्षीय राम शनिश्चर चौधरीको हत्या भएको थियो । सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर रुद्रघण्टी काटेर सबै जनाको एकै प्रकृतिमा हत्या गरिएको थियो । – आजको राजधानी दैनिकबाट