काठमाडौँ– माछापुछ्रे बैँक लमिटेडले पशुपतिनाथको मन्दिरमा आउने दर्शनार्थीहरुको सरक्षा तथा सविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई बैँकले उक्त लकर हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT


कार्यक्रमा मन्त्री अधिकारीले पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको प्रशंसा गरे । यस्तै कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकको १८ औँ वार्षिकोत्सवको अवसर पारेर विश्वका हिन्दुहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुछ्रे बैँक परिवार गौरवान्वित भएको बताए ।


ADVERTISEMENT

# # #


बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनको सविधाको लागि लकर घर निर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।

बैकले नेपालभरि ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ११७ स्थानवाट ग्राहकहरुलाई सुविधा दिइरहेको छ ।